‘सर्वश्रेष्ठ खेलाडी बन्न क्रिस्टियानो रोनाल्डोको नकल गर्दै अर्लिङ हालान्ड’

बोरुसिया डोर्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हालान्ड हाल विश्वको सर्वश्रेष्ठ फुटबल खेलाडी मध्ये एक बन्ने क्रममा छन् र च्याम्पियन्स लिगमा सेभिल्ला विरुद्ध उनले दुई गोल गर्दै आफ्नो उत्कृष्ट फम जारी राखेका छन्।

२० वर्षीय स्टार, धेरै मेहनती खेलाडी हुन् र खेल पछि एम्बाप्पेको बार्सा विरुद्धको ह्याट्रिकले उनलाई सेभिल्ला विरुद्ध खेलको लागि प्रेरणा दिएको भनेका थिए जसले देखाउँदछ उनी अरूबाट प्रेरित हुने गर्छन् र युभेन्टसका सुपरस्टार रोनाल्डो हालान्डको मुख्य प्रेरणा रहेका छन्, उनको बुबाका अनुसार हालान्ड रोनाल्डोको डाइटको पनि नकल गर्ने गर्छन्।

२०१९मा एक अन्तर्वार्तामा अर्लिङ हालान्डका बुवाले हालान्डले पनि रोनाल्डो जस्तो माछाको डाइटमा रहेको बताएका थिए ।

हालान्डका बुवाले २०१९मा ईएसपीएनलाई उनले भने, “मैले खेलमा उनको समय बनाउने दृढ अठोट गरिसकेको थिए । तर अर्लिङले सबै त्यागहरू गरे, मोल्डेमा जान १६ वर्षमा घर छोडे र उनी म भन्दा धेरै प्रोफेसनल छन्”

“अर्लिङ हालान्डले इभ्राको एउटा कथा सुने जसमा उनले रोनाल्डोको डाइटमा माछा मात्र रहेको बताए।

“अर्लिङ हाल उनको नकल गर्न कोसिस गर्दै छन् ’cause रोनाल्डो ३४ वर्ष भए पनि अझै उनको खेल शीर्ष स्तरमा छ, त्यसैले उनी यो चीजहरूमा महत्त्व देखाउँछन्।”