सर्री युभेन्ट्सको नयाँ प्रशिक्षकमा नियुक्त

युभेन्ट्सले माउरिजियो सर्रीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । गत सिजन लण्डन क्लब चेल्सीमा बिताएका सर्रीलाई युभेन्ट्सले तीन बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।
युभेन्ट्सले आधिकारिक रुपमा नयाँ प्रशिक्षकको रुपमा सर्रीलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ ।

६० बर्षमा सर्रीले गत सिजन चेल्सीमा सन् २०२१ सम्म रहने गरि सम्झौता गरेका थिए । तर चेल्सीलाई क्षतिपुर्ती दिने शर्त सहित युभेन्ट्सले सर्रीलाई क्लबमा ल्याएको हो । तर युभेन्ट्ले कति रकम चेल्सीलाई तिर्ने भन्ने बिषय भने खुलाएको छैन ।

सर्रीले युभेन्ट्सका म्याक्स एलिग्रीलाई स्थानान्तरण गर्नेछन् । उनी क्लबलाई लिग च्याम्पियन बनाउनुका बाबजुत युभेन्ट्स छाड्नु परेको थियो ।

युरोपा लिगको उपाधिसंगै चेल्सीलाई काराबाओ कपको फाईनल पुयाएका सर्रीले लण्डन क्लबलाई तेस्रो स्थानमा राख्दै च्याम्पियन्स लिगमा छनोट गराएका थिए ।