सर्बोच्चको मुद्दा फिर्ता लिन क्यानको बोर्ड बैठक कात्तिक १० गते बस्ने

नेपाल क्रिकेट संघ क्यानको विवाद क्रमसः समाधानको दिशामा देखिएको छ । बिधान संशोधनदेखि स्वतन्त्र समूहको निर्माणसँगै सर्बोच्चको मुद्धामा गाँठो अड्किएको थियो ।

सर्बोच्चको मुद्दा फिर्ता लिनेबारे निर्णय गर्न निर्वाचित क्यानको बोर्ड बैठक आगामी कात्तिक १० गते बस्ने तयारी भएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले मुद्दा फिर्ताबारे प्रक्रिया सुरु गर्न बोर्ड बैठक बस्ने तयारी गरिएको जानकारी दिए ।

‘मुद्दा फिर्ता प्रक्रिया सजिलो छैन, हामी १० (कात्तिक) गते बोर्ड बैठक बस्दैछौं, त्यसले मुद्दा फिर्ताको प्रक्रियाबारे निर्णय गर्नेछ ।’ महासचिव प्याकुरेलले भने ।

निर्वाचित क्यानलाई बाइपास गरी राष्ट्रिय खेलकुद परिषदले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । त्यसैको बिरोधमा क्यानले सर्बोच्चमा रिट दायर गरेको थियो । २०७२ मंसिरमा भएको क्यान निर्वाचनलाई राखेपले मान्यता दिएको थिएन ।

आईसीसीले पनि राखेपको यही कदमलाई कारण देखाएर राजनीतिक हस्तक्षेप बढेको भन्दै साढे २ वर्षअघि क्यान निलम्बन गरेको थियो ।

VIA:- Neplays