रियल म्याड्रिड र सर्जियो रामोस बीच सम्झौता विस्तारको वार्ता अहिले सम्म सफल हुन सकेको छैन। रामोसको सम्झौता आउँदो गर्मीमा अन्त्य हुने छ र खबर अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी उनलाई इच्छुक छन्।
Man City are closely monitoring Sergio Ramos’ situation at Real Madrid with an eye to signing him as a free agent this summer, multiple sources have told @RodrigoFaez & @alexkirkland pic.twitter.com/RvG6TkSyzm
— ESPN FC (@ESPNFC) January 4, 2021
ईएसपीएनका अनुसार म्यानचेस्टर सिटीले रियल म्याड्रिडका कप्तान सर्जियो रामोसको अवस्थालाई निगरानी गर्दै छन्, पेप गार्डियोला उक्त स्टार सेन्टर-ब्याकका विशाल प्रशंसक हुन्।
ईएसपीएनका अनुसार प्रिमियर लिग पक्ष मार्चमा ३५ बर्ष पुग्ने सेन्टर ब्याकलाई नि: शुल्क हस्तान्तरणमा हस्ताक्षर गर्न चाहन्छन्, उनको आउँदो गर्मीमा रियल संगको सम्झौता अन्त्य हुने छ र उनि फ्री एजेन्ट बन्ने छन्।
Sergio Ramos’ Real Madrid contract expires on June 30, 2021 and he is yet to sign a new one with the Spanish club #football https://t.co/9vbi7lMGJt
— News18 Sports (@News18Sports) January 4, 2021
खबर अनुसार सिटीको विश्वास छ कि रामोसले क्लबमा भिन्सेन्ट कोम्पनीले छोडेको ठाउँ लिन सक्ने छन्। हाल पिएसजी जस्तो क्लबहरुको पनि चासो उनि माथि रहेको खबर छ भने रियलका कोच जिदान रामोसलाई क्लबमै राख्ने कुरामा विश्वस्त छन्।