सर्जियो रामोस राष्ट्रिय टोलिबाट बाहिर

एजेन्सी, रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसले आउँदो युरो नखेल्ने भएका छन्। स्पेनिश राष्ट्रिय फूटबल टोलिका प्रशिक्षक लुइस एनरिकेले सर्वजनिक गरेको खेलाडी सुचीमा सर्जियो रामोसलाई समावेश गरिएको छैन

स्पेनिश राष्ट्रिय फूटबल टोलिका पुर्वकप्तानलाई राष्ट्रिय टोलिमा समावेश नगर्नुको मुख्य कारण उन्को फिटनेस रहेको आंकलन गरिएको छ।उन्ले २०२१ मा रियल म्याड्रिडका लागि ७ खेल मात्र खेलेका छन्।
उनी घाइते भएका कारण यो सिजन रियल म्याड्रिडका लागि धेरै खेल खेल्न सकेका थिएनन्। उन्लाइ समावेश नगरिए सँगै स्पेनिश राष्ट्रिय फूटबल टोलिको उक्त सुचीमा हाल स्पेनीश क्लब रियल म्याड्रिडका कुनै पनि खेलाडीहरु छैनन्।
रामोसले २००५ मा उनी १८ वर्ष र ३६१ दिनका हुँदा पहिलो पटक आफ्नो राष्ट्रिय टोलिका लागि डेब्यु गरेका थिए।
हाल ३५ वर्षका रामोसले स्पेनका लागि १८० खेल खेली सकेका छन् जस्मा उन्ले २३ गोल पनि गरि सकेका छन्। उन्ले आफ्नो राष्ट्रिय टोलिसँग २०१० को विश्व कपका साथै २००८ र २०१२ को युरो कप पनि जितेका थिए।