‘सर्जियो रामोस मैले सामना गरेको मध्ये सबैभन्दा सर्वोत्तम खेलाडी’ – नेयमार

नेयमारले रियल मड्रिडका डिफेन्डर सर्जियो रामोस फुटबलमा उत्कृष्ट प्रतिद्वन्दी भएको बताएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले रामोस विश्व फुटबलमा उत्कृष्ट डिफेन्डर भएको र रामोसविरुद्ध खेल्न निकै कठिन हुने बताए ।

‘मैले सामना गरेको उत्कृष्ट खेलाडी सर्जियो रामोस हो । किनकी उनि उत्कृष्ट सेन्टर डिफेन्डर हुन्,’ नेयमारले भने, ‘रामोसविरुद्ध खेल्न निकै कठिन हुन्छ ।’

२७ बर्षिय नेयमारले चार सिजन बार्सिलोनामा बिताएका थिए । नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्य १ सय ९९ मिलियन पाउण्डमा पीएसजी आएका थिए ।

तर, पछिल्लो समय नेयमार बार्सिलोना फर्कने हल्ला चलिरहेको छ ।