‘सर्जियो रामोस फुटबल ईतिहासको सबैभन्दा उत्कृष्ट डिफेन्डर’

फ्रान्स फुटबलले गरेको फुटबल सर्वेक्षणले रियाल म्याड्रिड र स्पेनका सेन्टर-ब्याक सर्जियो रामोसलाई फुटबल इतिहासको सबैभन्दा महान डिफेन्डर घोषणा गरेको छ।

फ्रान्स फुटबलले आफ्नो वेबसाइटमा गरेको सर्वेक्षणमा ६४ प्रतिशत फ्यानहरुले सर्जियो रामोस फुटबल ईतिहासको सबैभन्दा उत्कृष्ट डिफेन्डरको रुपमा स्वीकार गरेका छन्।

३४ वर्षका स्टार डिफेन्डर ला लिगामा सबैभन्दा बढी गोल गर्ने डिफेन्डर हुन्। उनले आफ्नो क्यारियरमा जावी, इनिएस्टा र पल पोग्बा भन्दा बढी गोल गोल गरेका छन् ।

उनि एक उत्कृष्ट डिफेन्डर हुन् भने उनले गोलको साथ पनि आफ्नो टिमलाई मद्दत गर्ने गरेका छन्।

हालै उनलाई फ्रान्स फुटबल फुटबल ईतिहासको सबैभन्दा उत्कृष्ट डिफेन्डर भनेर परिणाम सर्वेक्षणको पोस्ट गरेको छ भने उक्त पोस्टमा रामोस कमेन्ट पनि गरेका छन्।

रामोसले आफ्नो क्यारियरमा ठुलो उपाधिहरु जितेका छन्- विश्वकप, युरो कप, ला लिगा, च्याम्पियन्स लिग विजेता रामोसको भूमिका क्लब र राष्ट्रिय टिममा निकै ठुलो रहेको छ।