सर्जियो रामोस प्रिमियर लिगमा खेल्न इच्छुक

रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लबका लेजेण्ड डेभिड बेक्ह्याम सँग कुराकानी गरेपछि म्यानचेस्टर युनाइटेडमा जान इच्छुक रहेको खबर छ।

रामोसको वर्तमान सम्झौता सीजनको अन्त्यमा समाप्त हुने छ र उनी आउँदो गर्मीको विन्डोमा प्रमियर लिग क्लब युनाइटेडमा जान सक्ने कुरा छ।

रामोसलाई साइन गर्न पिएसजी जस्तो अन्य ठुलो क्लब पनि इच्छुक छन् तर रामोस बेक्ह्यामको सुझाव पछ्याउन इच्छुक रहेका छन्।

३४ वर्षका स्टार डिफेन्डर संग रियलको वार्ता असफल हुदै आएको छ। आफ्नो कप्तानको माग पुरा गर्न रियल अनिच्छुक रहेको खबर हुँदा युनाइटेड उनको सम्झौता अवधि र तलबको माग पुरा गर्न तयार छन्।

पिएसजीले पनि उनलाई साइन गर्न पुरा प्रयास गर्ने खबर छ तर हाल खबर अनुसार रामोस प्रिमियर लिगमा खेल्न इच्छुक छन्।