सर्जियो रामोस पिएसजीमा जाने चर्चा

हाल रियल म्याड्रिडक कप्तान सर्जियो रामोस पिएसजीमा जाने चर्चा हुँदै गरेको छ। रियलका स्टार सेन्टर ब्याकको सम्झौता क्लबमा अन्त्य हुने क्रममा रहेको छ र दुई बिच सम्झौता विस्तार वार्ता सफल हुन नसक्दा उनले क्लब छोड्ने धेरै चर्चा हुँदै गरेको बेला पिएसजी उनको नयाँ क्लब हुन सक्ने कुरा थियो।

फ्रेन्च लिग १ क्लब पनि उनलाई साइन गर्न धेरै इच्छुक रहेको खबर हुँदै गर्दा इन्स्टाग्राममा सर्जियो रामोसको गतिविधिले उनी पिएसजी जाने चर्चा झन् बढेको छ। रामोसले इन्स्टाग्राममा पिएसजीका केही खेलाडीहरूलाई फोल्लो गर्न थालेका छन् र फ्यानहरूले इन्स्टाग्राममा सर्जियो रामोसको गतिविधि नोटिस गरे पछि उनी पिएसजी जान हल्ला निकै बढेको छ।

नेमारले पिएसजी सँग कनट्र्याक्ट विस्तार गरे पछि इन्स्टाग्राममा रामोसले पिएसजीका केही खेलाडीहरूलाई फोल्लो गर्न थालेका छन्। हाल उनको गतिविधिको कारण उनी पिएसजी जान सक्ने भनेर धेरै फ्यानहरूको विश्वास रहेको छ।

रामोसको नाम पिएसजी सँग पहिले पनि जोडिएको थियो र हाल सो चर्चा पूर्ण जीवित भएको छ। पिएसजी उनलाई साइन गर्न इच्छुक रहेको कुरा धेरै स्पष्ट रहेको छ र पिएसजीले उनलाई आउँदो समय साइन गर्ने योजना रहेको पनि जानकारी छ।