सर्जियो रामोसले लियोनेल मेस्सीको यो उत्कृष्ट ला लिगाको रेकर्ड बराबर गर्न सफल

गिरोना विरुद्धको खेलमा गोल गर्न सफल भए पछि सर्जियो रामोसले लियोनेल मेस्सीको ला लिगा रेकर्ड बराबर गरेको छ ।

त्येस अघि मेस्सीले मात्र १५ सिजन सम्म लगातार गोल गर्न सफल भएको र अहिले त्यस् रेकर्डमा सजियो रामोसले पनि आफ्नो नाम राख्न सफल भएको छ ।

यो रामोसको ५१ औं ला लिगा गोल थियो र येसै बिच उनी मेस्सी संग ला लिगामा १५ सिजन लगातार गोल गर्ने खेलाडी बन्न पुगे। उनले २००४/०५ मा सेभिल्लाको लागि आफ्नो पहिलो ला लीगा गोल गरेका थिए र त्यस पछि हरेक सिजन ला लिगामा उनले रियलका लागी गोल गरेको छ – विशेष गरी उनले केहि महत्वपूर्ण गोलहरु गरेका छन ।

मेस्सी, आन्ड्रेस ईनिएस्टाको प्रस्थान पछि बार्सिलोनाको कप्तानि सम्हाल्दै आएका छन, डिपार्टिभ एल्व्स विरुद्ध को खेलमा गोल गरेपछि मेस्सीले यो रेकर्ड पहिले हासिल गरेको थियो ।