सर्जियो रामोसको प्रतिस्थापन साइन गर्न खोज्दै जिदान

जिदानले रियल म्याड्रिडमा सर्जियो रामोसको प्रतिस्थापन साइन गर्न खोज्दै छन् र केहि खेलाडी उनको सोचमा रहेको खबर छ।

रामोस अहिले ३४ बर्षका भएका छन् र अझै पनि स्पेनिश पक्षका लागि महत्वपूर्ण छन् तर जिदान रियलमा उनको प्रतिस्थापनको रुपमा नयाँ डिफेन्डर भित्राउन चाहन्छन्

रियलमा त्यो स्थान भर्न राफाएल भरान र एडर मिलिताओ जस्तो खेलाडी छन्, यद्यपि जिदान सचेत छन् कि रामोसको दीर्घकालीन प्रतिस्थापनको लागि रियललाई नयाँ डिफेन्डर चाहिन्छ।

एएसका अनुसार म्याड्रिडले रामोस विकल्पको रूपमा आरबी लाइपजिगका डेयट उपमेकानोलाई लक्षित गरिरहेका छन्। आरबी लाइपजिगका डिफेन्डर विश्व फुटबलको सबैभन्दा उत्कृष्ट सेन्टर-ब्याकहरू मध्ये एक हुन् र जब उनले बुन्डेशलिगा र च्याम्पियन्स लिगमा उनले राम्रो खेल्दै आएका छन्।

तर रियलले उनलाई साइन गर्न प्रतिस्पर्धाको सामना गर्न पर्ने हुने छ उनको मूल्य मात्र £४० मिलियन रहेको छ र उनलाई धेरै क्लबले साइन गर्न खोज्ने कुरा छ।