सर्जियो रामोसको नयाँ गन्तव्य यो प्रिमियर लिग क्लब हुन सक्ने

हाल रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छोड्ने कुराको पुष्टि भएको छ र उनको नयाँ क्लब ’bout धेरै चर्चा हुँदै गर्दा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी उनलाई साइन गर्ने मुख्य दाबेदार रहेको खबर छ। रियलका स्टार सेन्टर ब्याकले क्लब सँग नयाँ सम्झौता गरेनन् र दुई बिच सम्झौता विस्तारको धेरै वार्ता भए पनि सो सफल रहे पछि उनले क्लब छोड्ने पुष्टि भएको हो।

हाल उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको बेला प्रिमियर लिग च्याम्पियन क्लब म्यान सिटी उक्त दौडमा धेरै अगाडी रहेको जानकारी छ।

म्यान सिटी हाल नयाँ सेन्टर ब्याकको खोजीमा रहेको छ भने धेरै समय देखि उनलाई साइन गर्न सिटी इच्छुक रहेको थियो र उनको विकल्पको रुपमा पाउ टोरेस सिटीको नजरमा रहेको खबर हुँदा हाल सिटीले आफ्नो पुरा प्राथमिकता रामोसमा दिने खबर छ।

पिएसजी र म्यान्चेस्टर युनाइटेडको नजर पनि उनी माथि रहेको खबर छ तर उनलाई साइन गर्ने दौडमा सिटी धेरै अगाडी रहेको जानकारी छ। यद्यपि पिएसजीले पनि उनलाई साइन गर्न पूर्ण प्रयास गर्न सक्ने खबर छ।

रामोस रियलको एक लेजेण्डको रुपमा रहेका छन् र उनले क्लब छोड्ने कुरा रियलले पुष्टि गरेको थियो। २००५मा उनी सेभिल्लाबाट रियल आएका थिए र हाल सम्म उनले रियलको लागि ६७१ खेल खेल्दै १०१ गोल र ४० असिस्ट गरेका छन्। उनले रियल सँग धेरै उपाधिहरू जितेका छन् जसमा ४ च्याम्पियन्स लिग र ५ लिग उपाधिहरू पनि रहेको छ।