सर्जियो एग्वेरो बार्सिलोना जान इच्छुक

म्यान्चेस्टर सिटीका फर्वाड सर्जियो एग्वेरो बर्सिलोना जान इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार बर्सिलोनामा अनुबन्धित हुन उनी कम पारिश्रमिक लिन पनि तैयार छन्।
एग्वेरो अर्को सिजन सिटीबाट अनुबन्ध मुक्त हुने भएकाले फ्री ट्रान्सर्फरमा उनी अर्को क्लब जान सक्नेछन्। रिपोर्टका अनुसार मेस्सीनै यस्को मुख्य कारण भएता पनि मेस्सीकै बार्सिलोनाको भविष्य भने टुंगो लागेको छैन।
बार्सिलोना भने लियोनका डच खेलाडी मेम्पिस डिपाइ भित्र्याउन इच्छुक देखिएको छ। डिपाइलाई ल्याउन नसकेको खण्डमा मात्र एग्वेरोलाई भित्र्याउने सोचमा बार्सा छ।
सन् २०११ मा ला लिगाको क्लब एट्लेटिको म्याड्रिडबाट ३५ मिलियन पाउन्डमा उनी सिटिमा अनुबन्धित भएका थिए। ३२ वर्षका अर्जेन्टिनियन खेलाडी एग्वेरोले सिटीका लागि ३८७ खेलमा २५८ गोल गरिसकेका छन्। उनी सिटिको इतिहासकै सर्वाधिक गोल गर्न सफल खेलाडी हुन्।