सर्जियो एग्वेरो अस्पतालमा भर्ना

एजेन्सी, स्पेनिश क्लब बार्सिलोनाका अर्जेन्टिनियन स्ट्राइकर सर्जियो एग्वेरो अस्पतालमा भर्ना भएका छन्। रिपोर्टका अनुसार उनी मुटु जाँचका निम्ति अस्पतालमा भर्ना भएका हुन्। 

बार्सिलोनाको अलावेजसँगको खेलमा उनले छातीमा केही असहज महसुस गरेपछि उनी खेलको हाफ टाइम अघि नै मैदानबाट निस्केका थिए।
३३ वर्षका अर्जेन्टिनियन स्ट्राइकर एग्वेरो गत ट्रान्सफर सिजन नै फ्री ट्रान्सफरमा इङलिस क्लब म्यान्चेस्टर सिटिबाट बार्सिलोनामा अनुबन्ध भएका थिए।