सर्जियो अग्वेरो र म्यान सिटी बिच सम्झौता अन्त्य हुने क्रममा रहेको छ र सिटी सँग उनको सम्झौता विस्तार नहुँदा उनको भविष्य अनिश्चित रहेको छ। हाल खबर अनुसार उनलाई सिटीकै लिग प्रतिद्वन्द्वी चेल्सीले साइन गर्न सक्ने छ।
Chelsea are interested in signing Sergio Aguero this summer, according to the Daily Mail 👀 pic.twitter.com/zMHCVRWD25
— Goal (@goal) March 18, 2021
डेली मेलको अनुसार चेल्सीले सिटीमा अग्वेरोको स्थितिको अवलोकन गर्दै गरेको छ। चेल्सी लामो समय देखि अग्वेरोको प्रशंसक हो, उनी सिटी जानु अगाडी पनि चेल्सीले उनलाई साइन गर्न प्रयास गरेको थियो।
हाल खबर अनुसार चेल्सी अहिले पनि उनलाई साइन गर्ने इच्छुक हुने छ। उनी अर्को सिजन पनि प्रिमियर लिगमा रहन चाहन्छन् र उनले पनि चेल्सी छनोट गर्न सक्ने जानकारी छ।
Chelsea are reportedly ‘monitoring’ #MCFC striker Sergio Aguero – with the Argentine still unsure about his Man City future pic.twitter.com/hsoYC56drT
— The Sun Football ⚽ (@TheSunFootball) March 18, 2021
बार्सिलोना र पिएसजी पनि उनी माथि इच्छुक रहेको चर्चा छ भने इङ्गल्यान्डमा उनको बसोबास राम्रो रहेको कारण उनी चेल्सीमा जान सक्ने कुरा छ।