सर्जियो अग्वेरो रिटायर हुने खबरमा जाभीले यस्तो भने

बार्सिलोनाका स्टार स्ट्राइकर सर्जियो अग्वेरो हाल मुटुको समस्याको कारण मैदान बाहिर रहेका छन् र हाल उनी सो कारण फुटबलबाट रिटायर हुने भनेर धेरै खबरहरू आउँदै गर्दा बार्साका कोच जाभीले सो बारे बोलेका छन्। शनिवार क्याटालान मिडियाहरूमा सर्जियो अग्वेरोले रिटायर हुने निर्णय गरेको भनेर धेरै खबर आएको थियो तर जाभीले भने अग्वेरोको बारे फरक जानकारी दिएका छन्।

नवनियुक्त प्रशिक्षकले बार्सिलोनाको प्रबन्धकको रूपमा पहिलो जित हासिल गरेपछि मिडियासँग कुरा उक्त पोस्ट म्याच सम्मेलनमा उनले अग्वेरोको बारे हुँदै गरेको चर्चाको पनि सम्बोधन गरे।

“अग्वेरोको बारे मलाई केही नयाँ थाहा छैन, मैले उनीसँग अर्को दिन कुरा गरेँ, उनी आराम थिए। हाल बाहिर आएको कुरा सत्य होइन । हामीले पर्खनु पर्छ र हेर्नु पर्छ तर हामी अझै आशा गर्छौँ कि उनी फर्केर फुटबल खेल्न सक्छन्।”

बार्सिलोनाका उपाध्यक्ष राफा युस्टेले पनि सो चर्चा बारे बोलेका छन् भने उक्त कुरा सत्य नरहेको दाबी गरे

“म यी रिपोर्टहरू निन्दा गर्दछु। आफ्नो स्वास्थ्यको स्थिति कसरी सुधार हुन्छ भनेर हेर्नको लागि अग्वेरो सँग तीन महिना छ, “उनले भने। “मेडिकलले हामीलाई उनले फुटबल खेल्न सक्छन् वा सक्दैनन् भनेर मूल्याङ्कन गर्न तीन महिना चाहिन्छ भनेको छ।”

सर्जियो अग्वेरोका पूर्व टिम मेट समीर नासरीले भने अग्वेरोले रिटायर गर्न लागेको भनेर दाबी गरेका थिए। नासरीले अग्वेरो सँग आफ्नो कुरा भएको र उनले मुटुको समस्याको कारण रिटायर गर्ने निर्णय लिएको भनेर दाबी गरेका थिए।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ