‘सर्जियो अग्वेरो म्यान्चेस्टर युनाइटेडको लागि राम्रो विकल्प हुन सक्छ’

MANCHESTER, ENGLAND - OCTOBER 17: Sergio Aguero of Manchester City in action during the Premier League match between Manchester City and Arsenal at Etihad Stadium on October 17, 2020 in Manchester, England. Sporting stadiums around the UK remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by Michael Regan/Getty Images)

म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर सर्जियो अग्वेरो म्यान्चेस्टर युनाइटेडको लागि राम्रो विकल्प हुन सक्ने पुर्व युनाइटेड स्टार पल इन्सको दाबी छ। सिटीमा ३२ वर्षका स्ट्राइकरको भविष्य अनिश्चित रहेको छ भने क्लब सँग उनले सम्झौता विस्तार गरेका छैनन् र उनी फ्री एजेन्ट बन्ने क्रममा छन्।

युनाइटेड नयाँ स्ट्राइकरको खोजी रहेको छ र स्पर्सका ह्यारी केन वा डार्टमुण्डका अर्लिङ हलान्ड युनाइटेडको योजनामा हुने चर्चा हुँदा पल इन्सले युनाइटेडलाई सर्जियो अग्वेरो साइन गर्न आग्रह गरेका छन्।

“युनाइटेडको स्ट्राइकरको खोजीमा केन र हलान्ड दुई मात्र उत्तर होइन। सर्जियो अग्वेरो म्यान सिटी छोड्दै छन्, युनाइटेडले किन उनलाई साइन गर्न प्रयास गर्नु हुँदैन?- पुर्व रेड डेभिल मिडफिल्डरले भने।

“तपाईँले देख्न सक्नु हुन्छ; अग्वेरो प्रीमियर लिगमा बस्न चाहन्छन् र उनी म्यान्चेस्टर बस्दै आएका छन् , युनाइटेडले उनलाई साइन गरे यो खराब कुरा हुनेछैन।

हाल सर्जियो अग्वेरोले सिटी छोड्ने धेरै चर्चा छ र उनको नाम चेल्सी र बार्सिलोना सँग पनि जोडिने गरेको छ।