सर्जियो अग्वेरोले सिटी छोड्ने भए पछि बार्सा र पिएसजीको निगरानी उनीको माथि

म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर सर्जियो अग्वेरोले सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन्। अर्जेन्टिनाका स्टारको सिटीसँगको सम्झौता सिजनको अन्त्यसँगै सकिँदै छ । र, सर्जियो अग्वेरोले क्लबसँगको सम्झौता नवीकरण गरेका छैनन् ।

उनले क्लब छोड्ने भए पछि उनी माथि अन्य क्लबको निगरानी सक्रिय भएको भएको छ। खबर अनुसार ला लिगा क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी उनलाई साइन गर्न इच्छुक रहेको छ।

३२ वर्षका स्टार स्ट्राइकरले सिटी सँग ३८४ खेलमा २५७ गोल गरेका छन्। यो सिजन उनले धेरै खेल समय पाएका छैनन् भने चोट सँग पनि उनले सङ्घर्ष गरे।

हाल उनले क्लब छोड्ने भए पछि बार्सा, युभेन्टस र पिएसजी जस्तो क्लबले उनी माथि नजर राखेको छ र उनलाई फ्री एजेन्टको रूपमा साइन गर्न प्रयास गर्न सक्ने जानकारी छ।

सिजनको सुरु देखि नै उनको नाम बार्सा सँग जोडिएको थियो भने युभेन्टस र पिएसजी पनि उनलाई भित्राउन इच्छुक रहेको खबर छ।