सर्जियो अगुवेरो म्यान्चेस्टर सिटीमा फर्कने

भर्खरै फुटबलबाट संन्यास लिएका फरवार्ड सर्जियो अगुएरो फरक भूमिकामा पूर्व क्लब म्यानचेष्टर सिटी फर्कने सम्भावना रहेको छ । अर्जेन्टिनी पूर्व फरवार्डलाई सिटीले सद्भावना दुतका रुपमा रहन प्रस्ताव गरेको छ ।

क्लबका महान खेलाडीमध्येका एक अगुएरोले सिटीका लागि सर्वाधिक गोल गरेका छन् । मुटुको समस्यापछि उनले गत महिना सबै खाले फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । सिजनको सुरुवातमा उनी सिटीबाट स्पेनिस टोली बार्सिलोनामा आबद्ध भएका थिए ।

क्याम्प नोउमा पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गर्ने क्रममा अगुएरो भावुक बनेका थिए । त्यसयता उनी अर्जेन्टिनामा परिवारका साथ बस्दै आएका छैन ।

३३ वर्षे पूर्व फरवार्डले भविष्यका योजनाका ’boutमा कुनै योजना सार्वजनिक गरेका छैनन् । सिटीको प्रस्ताव भने उनको फुटबल जीवनको निरन्तरताको अर्को मौकाका रुपमा हेरिएको छ । सिटीले इत्तिहाद रंगशाला अघि अगुएरोको मुर्ति राने योजना सार्वजनिक गरिसकेको छ । सिटीमा दशक लामो यात्रामा अगुएरोले थुप्रै सफलता हासिल गरेका थिए ।

यदि उनले सिटीको प्रस्ताव स्वीकार गरे भने जोलेएन लेस्कट, मिकाह रिचार्ड्स र सन राइट फिलिप्स जस्तै पूर्व क्लबको नयाँ जिम्मेवारीमा हुनेछन् ।