सर्जियो अगुएरोको विकल्पमा म्यान सिटी स्टार स्ट्राइकर साइन गर्न प्रयास गर्दै

म्यानचेस्टर सिटी टोटेनह्यामका स्टार ह्यारी केन साइन गर्न प्रस्ताव राख्न तयार रहेको खबर छ। जर्मन आउटलेट बिल्डका अनुसार सिटीले केनलाई सर्जियो अगुएरोको दीर्घकालीन प्रतिस्थापनको रूपमा साइन गर्ने योजना बनाएको छ।

२७ वर्षका केन स्पर्सको लागि निकै उत्कृष्ट प्रदर्शन गर्दै छन्। उनले प्रिमियर लिगमा १५२ गोल गरेका छन्पु भने दुई पटक गोल्डेन बुट पनि जितेका छन्।

हाल यो सिजनमा उनले ९ गोल गरेका छन् भने तेस्रो पटक गोल्डेन बुट जित्नेको लक्ष्य रहेको छ। खबर अनुसार सिटीले उनलाई गर्मीको विन्डोमा साइन गर्न प्रयास गर्ने छ।

हाल सिटी सर्जियो अगुएरोको विकल्पको खोजीमा छन् भने केनले उनको ठाउँ लिन सक्ने सिटीको विश्वास छ।