सर्जियो अगुएरोका छोराले जेमी भार्डीको जर्सी मागे पछि

सर्जियो अगुएरोले आफ्नो छोरा लेस्टर सिटीका स्टार जेमी भार्डीको फ्यान रहेको खुलाएका छन्। सर्जियो अगुएरोका ११ वर्षका छोराले जेमी भार्डीको जर्सी मागेको भनेर सिटीको बारे एक डकुमेन्ट्रीमा अगुएरोले खुलाए।

सर्जियो अगुएरो मेस्सीका एक मिल्ने साथी हुन् तर पनि उनको छोरा जेमी भार्डीको फ्यान रहेको भनेर अगुएरोले खुलाए र उनका छोरा पनि प्रिमियर लिगका स्टार स्ट्राइकर जस्तो बन्न चाहन्छन् भनेर बताए।

उक्त डकुमेन्ट्रीमा खेल पछि लकर रुममा जेमी भार्डीको जर्सी देखाउँदै अगुएरोले भने : “मेरो छोराले यो जर्सी मागेको थियो। उसले मलाई मेसेज गर्दै भार्डीको जर्सी मागेको थियो।

उनले भार्डीको प्रशंसा पनि गरे। भार्डी एक उत्कृष्ट खेलाडी रहेको अगुएरोले बताए र आफ्नो छोरा पनि उनी जस्तो बन्न चाहेको उनले पछि खुलाए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ