सम्झौता विस्तार गर्न अस्वीकार गर्दै गरेका युवा स्टारलाई बार्साले राख्यो बि टिममा

ला लिगा क्लब बार्सिलोनाले आफ्नो युवा स्टार इलेक्स मोरिबालाई हाल बि टिममा राख्न निर्णय लिएको छ।

गत सिजन सिनियर टिममा डेब्यू गरेका इलेक्स मोरिबाले रोनाल्ड कोम्यानको लागि १४ खेल खेले भने उनको खेल राम्रो रहेको थियो जसको कारण बार्साले उनी सँग सम्झौता विस्तार गर्ने योजना बनाएको थियो तर १८ वर्षका युवा स्टारले बार्साको सम्झौता विस्तारको प्रस्ताव अस्वीकार गरेका छन् ।

१८ वर्षका युवा खेलाडी बार्साका एकेडेमी ला मासियका उत्पादन हुन् र अर्को वर्ष उनको बार्सा सँग सम्झौता अन्त्य हुने छ र उनी फ्री एजेन्ट बन्ने छन् र उनलाई साइन गर्न अन्य क्लबहरू इच्छुक रहेको बेला उनलाई फ्री एजेन्टमा गुमाउनु बार्साको लागि ठुलो नोक्सान हुने छ।

उनले सम्झौता विस्तार प्रस्ताव अस्वीकार गरे पछि बार्सा खुसी छैन र हाल उनलाई बार्साको बि टिममा राख्ने क्लबले निर्णय लिएको छ र बि टिममा पनि उनले खेल समय पाएका छैन। बार्सा बि र युइ ओलोट बीचको मैत्रीपूर्ण खेलमा उनी बेन्चमा पनि थिएनन्।