सम्झौता लम्ब्याउन युभेन्टस र रोनाल्डोका एजेन्ट भेट्दै

एजेन्सी, इटालियन क्लब युभेन्टस र पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेस युभेन्टसमा रोनाल्डोको भविष्य बारे छलफल गर्न यहि हप्ता भेट्दै छन्। रिपोर्टका अनुसार मेन्डेस युभेन्टस र रोनाल्डो बिचको सम्झौतालाई थप एक वर्ष लम्ब्याउन चाहन्छन्।

 

३६ वर्षका रोनाल्डो २०२२ सम्म मात्र युभेन्टसमा अनुबन्ध छन्। त्यसपछि युभेन्टसले उनलाई फ्री ट्रान्सफरमा गुमाउन सक्ने हुँदा रोनाल्डोले यश ट्रान्सफर सिजन क्लब छाड्न सक्ने अनुमान लागाइनुका साथै फ्रेन्च क्लब पि.एस.जि र इङलिस क्लब म्यान्चेस्टर युनाइटेडलाई उनको सम्भावित गन्तव्यका रुपमा पनि लिइएको थियो। रिपोर्टका अनुसार रोनाल्डोका एजेन्ट मेन्डेस भने युभेन्टस र रोनाल्डो बिचको सम्झौतालाई थप एक वर्ष लम्बाई २०२३ सम्म रोनाल्डोलाई क्लबमा अनुबन्ध गर्न चाहन्छन्।
रोनाल्डो २०१८ मा करिब १०० मिलियन युरोमा स्पेनिश क्लब रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका थिए। उनले युभेन्टसका लागि १३३ खेलमा १०१ गोल गरि सकेका छन्।