सम्झौता लम्ब्याउन केनलाई नयाँ प्रस्ताव गर्ने तयारीमा टोटनह्याम

एजेन्सी, इङलिस क्लब टोटनह्यामले आफ्ना इङलिस स्टार स्ट्राइकर ह्यारी केनलाई क्लबमा नै राख्न पारिश्रमिक वृद्धि सहितको नयाँ प्रस्ताव राख्ने भनिएको छ। रिपोर्टका अनुसार नयाँ सम्झौतामा अनुबन्ध भए केनको पारिश्रमिक हप्ताको करिब १००,००० पाउन्डले वृद्धि हुनेछ।

ह्यारी केन २०२४ सम्मका लागि टोटेन्ह्याममा अनुबन्धित छन्। हाल उनको पारिश्रमिक हप्ताको २३०,००० पाउन्ड रहेको भनिएको छ। रिपोर्टका अनुसार नयाँ सम्झौतामा अनुबन्ध भए केनको पारिश्रमिक हप्ताको करिब ३३०,००० पाउन्ड हुनेछ। रिपोर्टका अनुसार टोटनह्याम केनलाई २०२७ सम्मका लागि क्लबमा अनुबन्ध गर्न चाहन्छन्।
रिपोर्टका अनुसार केन टोटनह्याम छाड्न इच्छुक रहेता पनि क्लब भने उनलाई बेच्न इच्छुक छैनन्। यस ट्रान्सफर सिजन केन भित्र्याउनका निम्ति सिटिले गरेका दुवै प्रस्ताव टोटनह्यामले अस्विकार गरेको भनिएको छ।