समुह चरणको अन्तिम खेलमा ब्राजिल पराजित

विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिल पराजित भएको छ ।

शुक्रबार राति क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ १६ मा पुगेको हो ।

लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे ।

उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

गोल गरेपछि उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

गोलको सेलिब्रेसन मनाउने क्रममा जर्सी फुकालेपछि उनले दोस्रो पहेलो कार्ड पाएका थिए ।

यस हारसँगै ब्राजिलले ३ खेलमा ६ अंक जोड्यो । र, ब्राजिल शीर्ष स्थानमा रह्यो भने क्यामरुनले ३ खेलमा ४ अंक जोडेको छ । तर, क्यामरुन समूह चरणबाट बाहिरिएको छ ।

ब्राजिलले अब दक्षिण कोरियाविरुद्ध खेल्ने छ ।