सब्सीट्यूट हुन परे पछि मेस्सी असन्तुष्ट

आइतबार राती भएको पिएसजी र लियोन बिचको लिग वान खेलको हाल धेरै चर्चा हुँदै गरेको छ र पिएसजीको २-१को जित भन्दा पनि खेलमा मेस्सीको विषयमा धेरै चर्चा भएको छ। खेलको ७५औँ मिनेटमा पिएसजीका कोच पोचेटिनोले मेस्सीलाई सब्सीट्यूट गर्ने निर्णय लिएका थिए र उक्त निर्णयबाट मेस्सी खुसी देखिएनन्।

खेल १-१को स्कोरमा रहेको बेला पोचेटिनोले मेस्सीलाई सब्सीट्यूट गर्दै हाकिमीलाई भित्राए र उक्त निर्णयबाट मेस्सी असन्तुष्ट देखिन्थे भने पोचेटिनोले मेस्सी सँग हात मिलाउन खोज्दा मेस्सी उनी सँग हात नमिलाएको आरोप उनी माथि लागेको छ।

उक्त खेलमा मेस्सीको प्रदर्शन राम्रो रहे पनि उनी गोल गर्न भने असफल रहे फ्री किकबाट उनी गोल गर्न धेरै नजिक रहेका थिए तर उनको निकै उत्कृष्ट प्रहार गोल पोस्टमा लग्न पुगेको थियो।

खेलको ५४ औँ मिनेटमा लुकालसले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा पेनाल्ट मार्फत नेमारले गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी बक्समा मालो गुट्सोले नेयमारलाई अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएको थियो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई पूनरागमन जित दिलाए । उनले किलियन एम्बाप्पेको पासमा गरेका थिए ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ