सब्सीट्यूट हुन परे पछि कोच संग क्रोधित भए काइलियन एम्बाप्पे

पिएसजीका प्रबन्धक थॉमस टुचेलले काइलियन एम्बाप्पेलाई सब्सीट्यूट गरे पछि, एम्बाप्पे फेरि पनि प्रबन्धक संग रिसाएका छन् ।

शनिबार भएको खेलमा ६९औ मिनेटमा एम्बाप्पे सब्सीट्यूट हुने परे पछि उनि निराशा देखिए। खेलमा पिएसजी ५-०ले अगि थियो र थॉमस टुचेलले २१ बर्षेका स्टार फोर्वार्डलाई प्रतिस्थापित गर्दै इकार्डीलाई मैदान भित्राए।

तर उक्त निर्णयबाट एम्बाप्पे खुसी नरहेको देखिन्थ्यो।

चुपचाप आफ्नो बेञ्चमा बस्नुको सट्टा, एम्बाप्पे टचलाइनमा टुचेल संग रिसाएको देखिन्थ्यो दुईको बिच लामो बहस पनि भएको देखिएको थियो।

दुबै खेलाडी र प्रबन्धकले आफ्नो हातले आफ्नो मुख कभर गरेका थिए ताकि कोहीले आफु बीचको कुरा नदेखोस।

एम्बाप्पे धेरै पटक आफ्नो प्रबन्धकबाट टाढा हिँड्न खोजेको देखियो दुईको बिच केहि लामो बहस भएको देखिन्थ्यो, अन्तमा उनि आफ्नो सीटमा गए।

एम्बाप्पेको उक्त व्यवहारले धेरै फ्यानहरुलाई दु: खी बनाएको छ र क्लबले उन्नी माथि कारवाही गर्न सक्ने खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ