प्रिमियर लिगमा शनिवार भएको साउथेम्प्टन र चेल्सी बिचको खेलमा चेल्सीका नयाँ कोच थोमस टुचेलले निकै अनौठो निर्णय लिए। सब्सीट्यूट गरेर मैदान प्रवेश गराएका खेलाडीलाई ३० मिनेट पछि उनले फेरी सब्सीट्यूट गरेर निकाल्ने निर्णय लिए।
“I was not happy with his body launguage and counter pressing.”
Thomas Tuchel explains why he took off substitute Callum Hudson-Odoi.#beINPL #SOUCHE
Watch Now – https://t.co/RRmQgcc3v9 pic.twitter.com/aNlMc25LQD
— beIN SPORTS (@beINSPORTS_EN) February 20, 2021
हडसन-ओडोईले हाफ टाइम पछि टेमी अब्राहमको स्थान लिए, तर खेलको ७६औँ मिनेटमा टुचेलले उनलाई फेरी सब्सीट्यूट गरेर निकाले र उनको ठाउँमा हाकिम जियाचलाई खेलाए।
कोचको उक्त निर्णयले धेरै जना चकित भएका थिए र खेल पछि टुचेलले आफ्नो निर्णय बारे बोले।
Callum Hudson-Odoi is taken off, only 30 minutes after coming on as a substitute 😬#SOUCHE pic.twitter.com/9GRSbicd1D
— Goal (@goal) February 20, 2021
“हडसन-ओडोईको साथ, म खुसी हुन सकिन म उनको ऊर्जा र मनोवृत्ति र काउन्टर-प्रेसिंगसँग सन्तुष्ट छैन। टुचेलले खेल पछि भने
“मलाई चाहेको कुरा दिन उनी तयार छैन भन्ने भावना मैले पाएँ, त्यसैले हामी यस निर्णयबाट ग्रस्त भयौँ।
“भोलि, यो कुरा बिर्सी सकेको हुने छ।”
साउथेम्प्टन र चेल्सी बीचको उक्त खेल भने १-१को बराबरीमा अन्त्य भएको थियो।