म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्याम बिच भएको एफए कपको खेलमा वेस्ट ह्यामका कोच डेभिड मोयेसले निकै अनौठो निर्णय गरे र सो निर्णयको लागि उनको आलोचना हुँदै गरेको छ।
West Ham sub: Lanzini on for Odubeko
Moyes has subbed his subs, twice.
— Carl Anka (@Ankaman616) February 9, 2021
डेभिड मोयेसले खेलको ५८औ मिनेटमा १८ वर्षका युवा खेलाडी अडेमीपो ओडुबेकोलाई मैदानमा छिराएका। उनलाई मोयेसले यार्मोलेन्को सब्सीट्यूटको रूपमा मैदानमा छिराएका थिए, यार्मोलेन्कोलाई टाउकोमा चोट लागेको थियो। तर खेल अतिरिक्त समयमा मोयेसले फेरी अडेमीपो ओडुबेकोलाई सब्सीट्यूट गरेर खेल बाहिर निकाले र उनको ठाउँमा लान्जिनीलाई खेलाए।
Harsh from Moyes on Odubeko, why not take a defender off rather than ruining a youngsters confidence? #MUNWHU
— Benj (@Benj_Hayes97) February 9, 2021
मोयेसको उक्त निर्णयबाट युवा खेलाडी पक्कै पनि खुसी थिएनन् भने वेस्ट ह्यामका फ्यानहरूले पनि मोयेसको उक्त निर्णय प्रति आलोचना गरेका छन्।
मोयेसको सो निर्णयबाट युवा खेलाडीको आत्मविश्वासमा असर पर्ने भनेर धेरै फ्यानहरूले आफ्नो कोचको आलोचना गरेका छन्। उक्त खेल भने युनाइटेडले १-०ले जितेको थियो।