सब्सित्युट हुन परे पछि रिसाए फिलेक्स

एट्लेटिको म्याड्रिडलाई दोस्रो हाफमा रणनीतिक परिवर्तनको अवशयकता थियो र म्याड्रिड डर्बि अन्तर्गत सनिबार रातीको खेलमा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमेओनेले हाफ टाइममा तीन वटा रणनीतिक परिवर्तन गरेका थिए।

सिमिओनेले दोस्रो हाफको ६०औ मिनेटमा साउललाई मैदान प्रवेश गरौदै जाओ फिलेक्सलाई बाहिर बोलाए। मैदानबाट निस्किनेदौरान उनी आफ्नो बाटो लागे, जब उनी आफ्नो सिट नजिक पुगे उन्ले आफ्नो रिस पोखे त्येस दृश्य भने केमेरामा कैद भएको छ।

यो उन्को पहिलो पटक आफ्नो रिस पोखेको भने हैन। येस्तै घटना च्याम्पियनस लिगको दौरानमा पनि भएको थियो। लुइस सुआरेज र साउलले आर बि साल्स्बर्गबिरुद्ध मैदान छोड्नु पर्दा आफ्नो रिस पोखेका थिए प्रशिक्षक प्रती।

फिलेक्सको मुड तब बिग्र्यो जब ओब्लेकले आत्माघाति गोल गर्न पुगे। रियलसंग एट्लेटिको २-० ले पराजित भएको थियो।