सबै समयको शीर्ष अन्तर्राष्ट्रिय गोल स्कोरर बन्न रोनाल्डोलाई मात्र ८ गोल आवश्यक

ईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा पोर्चुगलले सहज जित निकालेकाे छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २-० गोलको जित निकालेको हो ।

पोर्चुगललाई सहज जित दिलाउनकाे लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । याेसँगै डाेनाल्डाेले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १०० गोल पूरा गरेकाे छ ।

रोनाल्डो हाल पुरुष फुटबलमा भन्दा बढी गोल गर्नेमा दोस्रो स्थानमा छन् र सबै समयको शीर्ष अन्तर्राष्ट्रिय गोल स्कोरर बन्नको लागि उनलाई मात्र ८ गोल आवश्यक। हाल सो शीर्षक इरानियन फुटबल खेलाडी अलि डेइको नाममा छ – इरान राष्ट्रिय फुटबलमा खेल्ने क्रममा उनि पुरूष अन्तराष्ट्रिय फुटबलका उच्च गोलकर्ता बनेका थिए । उनले १४९ खेलमा १०९ गोल गरेका थिए ।

जितसँगै समूह सी को पोर्चुगलले दुई खेलबाट ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । समान अंक रहेको फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित स्विडेन तेस्रो स्थानमा छ ।