‘सबै श्रेय रोनाल्डोकी आमालाई जान्छ’ – युभेन्ट्सका प्रशिक्षक सारी

इटालियन क्लब युभेन्ट्सका प्रशिक्षक मौरिजियो सारीले रोनाल्डोको उत्कृष्ट फमको श्रेय आफू नलिने र सबै श्रेय रोनाल्डोकी आमालाई उनि जस्तो महान खेलाडी जन्माएकोमा जान्छ भनेका छन् ।

कोपा इटालियामा रोमाबिरुद्ध ३-१ को जित हात पार्दै युभेन्ट्स सेमिफाइनलमा प्रवेश गर्यो, जसमा रोनाल्डोले क्लबका लागि पहिलो गोल गरेका थिए ।

“मलाई लाग्दैन रोनाल्डोले खेलमा कुनै सुधार गर्नुपर्छ, डिफेनसमा अलि कम्जोर हुनसक्छ ।

“रोनाल्डोको उत्कृष्ट फमको श्रेय मैले लिन मिल्दैन, तपाईंले रोनाल्डोकी आमालाई यस्तो उत्कृष्ट व्यक्ति जन्माइदिनु भएकोमा सबै श्रेय दिनु पर्छ !”