सबै भन्दा बढी खर्च गर्ने म्यानेजरको सुची सार्वजनिक – को छन् त पहिलो स्थानमा ?

जोसे मउरिन्हो फुटबलमा खेलाडी भित्राउन सबै भन्दा बढी खर्च गर्ने म्यानेजेर बनेका छन्। पुर्व रियल म्याड्रिड र युनाइटेडका म्यानेजेर जोसेले आफ्नो प्रबंधकीय क्यारियरमा ५ क्लबबाट कुल ५९ खेलाडी साइन गरेका छन्, उक्त खेलाडीहरु साइन गर्ने क्रममा उनले £१.०५ बिलियन खर्च गरेको तथ्याङ्क रहेको छ।

उनले सबै भन्दा बढी खर्च म्यान्चेस्टर युनाइटेडमा हुदा गरेका थिए, पोग्बा, म्यातिक जस्तो खेलाडी साइन गर्न उनले युनाइटेडमा £३०० मिलियन खर्च गरेका थिए। उक्त सुचीको दोस्रो स्थानमा भने सिटिका कोच पेप गार्डियोला रहेका छन्।