सबै खेल संघहरुलाई एण्टी डोपिङ्ग नियम बनाउन एनओसीको सुझाव

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालका सबै खेल संघहरुलाई एण्टी डोपिङ्ग नियम बनाउन सुझाव दिएको छ ।

कमिटीका अनुसार संघहरुले सन् २०२१ सम्ममा आ–आफ्नो एण्टी डोपिङ्गको नियम बनाउनु पर्ने बताएको छ ।

२०२१ को विश्व एण्टी डोपिङ्ग कोड १८ का अनुसार सबै खेल संघहरुको एण्टी डोपिङ्ग नियम बनाउनुपर्ने भएकोले नेपालका संघहरुले पनि सो नियमको पालना गर्नै पर्ने जनाइइको छ ।

संघहरुले आ–आफ्नो नियमको प्रतिवेदन नेपाल एण्टी डोपिङ्ग संस्थामा बुझाउनुपर्नेछ । तर, नेपालमा स्वतन्त्र एण्टी डोपिङ्ग संस्था नभएकोले अहिलेका लागि संघहरुले नेपाल ओलम्पिक कमिटीमा प्रतिवेदन यसै वर्षको अगस्ट १५ मा बुझाईसक्नुपर्नेछ ।

संघहरुले तोकिएको समयमा नियम बनाएर नपठाएमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबाट बञ्चित हुन सक्ने विश्व एण्टी डोपिङ्ग संस्था ९वाडा० को नयाँ नियममा उल्लेख छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ