म्यान्चेस्टर युनाइटेडका लेफ्ट ब्याक लुक श विश्वास गर्छन् कि म्यान्चेस्टर युनाइटेडले आर्सेनल भन्दा बढी आलोचना प्राप्त गर्ने गरेको छ।
शले यो सिजनमा प्रिमियर लिगमा युनाइटेडको उच्च स्थानमा पुग्ने असफलताको बारेमा बोलेका थिए।
लिग तालिकामा युनाइटेड नौौं स्थानमा छ, जबकि आर्सेनल दशौं स्थानमा छ।
Luke Shaw has also delivered a jab at Arsenal claiming they aren’t criticised for their shortfalls this season 😮
Probably because Arsenal aren’t a big club anymore 🤐🇾🇪 #MUFC pic.twitter.com/dq5qMeWik7
— StretfordPaddock (@StretfordPaddck) February 16, 2020
तर उनि भन्छन कि म्यान्चेस्टर युनाइटेडको खेलाडी हुन धेरै आलोचनाहरु पनि सहनु पर्छ।
“सबैजना युनाइटेडको गल्तिको लागि पर्खिरहेका हुन्छन र आलोचना गर्ने गर्छन, यो युनाइटेडका खेलाडी हुनुको अंश बनेको छ।
“आर्सेनलको कुरा गर्ने हो भने, जुन एक शानदार क्लब हो, तर यो सिजन आर्सेनलको पनि राम्रो भएको छैन र यसको उल्लेख शायद नै गरिएको छ।
Joy for Arsenal in #ARSNEW but Luke Shaw doesn’t think Man Utd get fair treatment compared to the Gunners… pic.twitter.com/kDsWxI94on
— Amazon Prime Video Sport (@primevideosport) February 16, 2020
“मलाई यो एकदम हास्यास्पद लाग्छ कि यदि युनाइटेडको कुरा हो भने, सबैले आलोचना गर्छन्, तर आर्सेनल बारे कोहि बोल्दैनन्।
“हामीलाई थाहा छ कि यो सिजन हामी धेरै राम्रो भएको छैनौं, तर हामी कडा परिश्रम गरिरहेका छौं।
“हामी यहाँ छौं यस क्लबलाई सफलतामा फिर्ता लग्न – ट्राफी जित्ने र उपाधिका लागि चुनौती गर्न, र म इमान्दारीपूर्वक विश्वास गर्छु कि हामी त्यसो गर्नेतर्फ छौं।