सबैभन्दा बढी सर्च गरिएको क्लब बन्यो रियल मेड्रिड

विश्वचर्चित सर्च इन्जिन गुगलका अनुसार स्पेनीस जायन्ट तथा युरोपियन च्याम्पियन रियल मेड्रिड बर्ष २०१८ को सबैभन्दा लोकप्रिय क्लब बनेको छ । गुगल डाटामा आधारिक एउटा अध्ययनको खुलासा अनुसार यस बर्ष इन्टरनेटमा सबैभन्दा बढी खोजिएको फुटबल क्लब रियल मेड्रिड हो ।

रियलका लागि यो बर्ष निकै नाटकीय रह्यो । रियललाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जिताएपछि तत्कालिन क्लब म्यानेजर जिनेदिन जिदानले अप्रत्याशित रुपमा राजिनामा दिएका थिए । त्यसपछि पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो पनि इटालीतर्फ लागे । यी सब कुराहरुले रियल निकै चर्चामा रह्यो ।

गुगलका अनुसार रियल मेड्रिडलाई युुरोप, एसिया, अफ्रिका र अमेरिका लगायतका गरी कुल ९७ देशहरुमा सर्च गरिएको थियो । त्यस्तै युरोपियन देशहरुमा स्वीजरल्याण्ड, रुस, सर्बिया तथा क्रोएशियामा रियल मेड्रिड निकै लोकप्रिय छ ।

Via: Kheldainik