सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल जित्ने खेलाडीको सुचीमा रोनाल्डो तेस्रो स्थानमा पुग्न सफल

Portugal's forward Cristiano Ronaldo reacts shouting to missing a goal opportunity during the UEFA Nations League A group 3 football match between Portugal and France at the Luz stadium in Lisbon on November 14, 2020. (Photo by PATRICIA DE MELO MOREIRA / AFP) (Photo by PATRICIA DE MELO MOREIRA/AFP via Getty Images)

क्रोएशिया संगको जित पछि पोर्तुगल संग रोनाल्डोले १०१ जित पुरा गरेका छन्। ३-२को जित पछि उनि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल जित्ने खेलाडीहरुको सुचीमा तेस्रो स्थानमा पुग्न सफल भएका छन्।

सो क्रममा उनले बार्सा लेजेण्ड जाविलाई पछि पारे र हाल उनि भन्दा माथि रामोस र क्यासिलास रहेका छन्।

सो सुचीको शीर्ष स्थानमा रियलका स्टार सर्जियो रामोस रहेका छन् भने दोस्रो स्थानमा पुर्व रियल स्टार गोलकिपर इकर क्यासिलास रहेका छन्।

तेस्रो स्थानमा रहेका रोनाल्डोको १०१ अन्तर्राष्ट्रिय जित रहेको छ, दोस्रो स्थानका क्यासिलासको १२१ जित रहेको छ भने पहिलो स्थानमा रहेका रामोसको १३० जित रहेको छ।

रोनाल्डो हाल फूटबल ईतिहासमै सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको दौडमा पनि रहेका छन्। हाल उनको १०२ गोल रहेको छ उक्त रेकर्ड अली डेईका नाममा रहेको छ उनले १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए।