सबैभन्दा निराशाजनक प्रदर्शन गरेको खेलाडी बने माने

बुन्डेसलिगामा पूर्व लिभरपुल स्टार सडियो मानेको अनुभव सोचे अनुरूप नरहे बेला उनी २०२२/२३ सिजनमा जर्मन लिगको सबैभन्दा निराशाजनक प्रदर्शन गरेको खेलाडी बनेका छन्।

€३२ मिलियनमा लिभरपुलबाट बायर्न म्युनिखमा गएका मानेको खेल जीवन बायर्नमा सोचे अनुरूप रहन सकेन। नोभेम्बरमा उनी चोट ग्रसित भए भने सो कारण उनले २०२२को फिफा विश्व कप पनि गुमाए र बायर्नमा उनी आफ्नी टिम-मेट साने संग झगडा पनि गर्न पुगेका थिए।

बायर्नमा मानेले उक्त कठिनाइहरूको सामना गरेको वारे चर्चा भएको बेला हाल उनी बुन्डेसलिगामा २०२२/२३ सिजनमा सबैभन्दा निराशाजनक प्रदर्शन गरेको खेलाडी बन्न सफल भएका छन् र उक्त सुची बुन्डेसलिगामा खेलाडीहरूको भोटको अनुसार नै तयार हुने गर्छ।

प्रत्येक सिजनको अन्त्यमा, बुन्डेसलिगा खेलाडीहरू एक मतदानमा भाग लिन्छन् जसमा जसको प्रश्नमा कुन आउट फिल्ड खेलाडी सिजनको सबैभन्दा ठुलो निराशाजनक रह्यो भनेर हुने गर्छ।

२५० भन्दा बढी खेलाडीहरूले मतदानमा भाग लिए र त्यो प्रश्नको नतिजा मानेको लागि राम्रो रहेन – माने ४१.७% भोटको साथ २०२२/२३ सिजनमा जर्मन लिगको सबैभन्दा निराशाजनक प्रदर्शन गरेको खेलाडी बन्न पुगे।

मानेले बायर्नको लागि २०२२/२३ सिजनमा ३८ खेल खेले र सो क्रममा उनले १२ गोल र ६ असिस्ट गरे।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ