सबैभन्दा धनी क्लबको सुची सार्वजनिक, शीर्ष स्थानमा कुन क्लब?

अष्ट्रेलियाको स्पोर्ट्स मेनेजमेन्ट कम्पनी ‘ग्लोबल स्पोर्ट्स’ ले सार्वजनिक गरेको एक तथ्यांक अनुसार बार्सिलोना विश्वकै धनी क्लब बनेको हो ।

ग्लोबल स्पोर्ट्सको तथ्यांक अनुसार बार्सिलोनाको खेलाडीको औषत तलब १ सय ४७ करोड रुपैयाँ रहेको छ । गत वर्ष बार्सिलोनाका खेलाडीको औषत तलब १ सय ५६ करोड नेपाली रुपैयाँ थियो । यसको आँकडा यस वर्ष ९ करोड रुपैयाँ कम भएको छ । तर, बार्सिलोना पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा स्पेनकै रियल मड्रिड रहेको छ । रियलको खेलाडीको वार्षिक तलब १ सय ३२ करोड रुपैयाँ रहेको छ ।

तेस्रो स्थानमा इटालियन क्लब युभेन्ट्स रहेको छ । युभेन्ट्सको खेलाडीका तलब १ सय २० करोड रुपैयाँ रहेको छ ।

क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा अनुबन्धन भएपछि क्लब दुई वर्षमै धनी क्लबमा आएको हो ।

बास्केटबल क्लब पोर्टल्याण्ड ट्रेल ब्लेजर चौथो स्थानमा छ । क्लबका खेलाडीको औषत तलब १ सय १८ करोड रुपैयाँ छ ।