सबैभन्दा चाडै ५० गोल पुरा गर्ने खेलाडी बने हालान्ड

प्रिमियर लिगमा क्लब म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड हालै एक उत्कृष्ट रेकर्ड बनाएका छन्।

लिभरपुल विरुद्धको खेलमा हालान्ड म्याचको पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाए भने सो क्रममा उनी प्रिमियर लिगमा सबैभन्दा चाडै ५० गोल पुरा गर्ने खेलाडी बन्न सफल भएका छन्।

हाल जारी रहेको लिभरपुल विरुद्धको खेलमा हालान्डले २७ औँ मिनेटमा गोल गरेका थिए। हालान्डले केवल ४८ खेलमै आफ्नो ५० लिग गोल पुरा गरेका हुन्। उक्त रेकर्ड हालान्ड भन्दा अघि म्यान्चेस्टर युनाइटेड लेजेण्ड एन्ड्रयू कोलको नाममा रहेको थियो जसले ६५ खेलमा ५० लिग गोल पुरा गरेका थिए।

जर्मन क्लब डर्टमन्डको लागि उत्कृष्ट खेल्दै गरेका स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई म्यानचेस्टर सिटीले २०२२मा साइन गरेको थियो भने सिटीमा पनि उनको उत्कृष्ट फम जारी रहेको छ।

हाल सम्म हालान्डले सिटीको लागि ६९ खेलमा ७१ गोल गरेका छन् भने गत सिजन मात्र उनले सिटी सँग ट्रेबल जितेका थिए र हालै उनी प्रिमियर लिगको सबैभन्दा चाडै ५० गोल पुरा गर्ने खेलाडी बनेका छन्

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ