सबैभन्दा खराब हेयर स्टाइल राख्न पर्ने यस्तो फुटबल परम्परा

इंग्ल्याण्डमा, युवाहरू र नयाँ खेलाडीहरु आफ्नो क्लबमा पुगे पछि गीत गाउँदै आफ्नो नयाँ परिवेशलाई स्वीकार गरेको रुप दिने परम्परा रहेको छ। तर, दक्षिण अमेरिका र मेक्सिकोमा परम्परा निकै फरक रहेको देखिन्छ।

दक्षिण अमेरिका र मेक्सिकोमा युवा खेलाडी पहिलो टिममा प्रवेश गरे पछि, सो खेलाडीले सबैभन्दा खराब हेयर स्टाइल राख्नु पर्ने परम्परा रहेको छ।

उक्त परम्परामा पहिलो-टीमका खेलाडीहरुले नयाँ युवा खेलाडीको कपाल काट्छन् र सबैभन्दा खराब हेयर स्टाइल राख्ने प्रयास गर्नु पर्ने हुन्छ।

सो परम्पराबाट निकै हास्यास्पद फोटोहरु आउने गरेको छ जुन सामाजिक संजालमा भाइरल हुने गरेको छ। अर्जेन्टिन, मेक्सिको जस्तो देशमा यो परम्परा धेरै प्रसिद्ध छ। एलेटिको म्याड्रिडका कोच डिएगो सिमोनका छोराले पनि यो परम्परामा भाग लिएका थिए।