सबैभन्दा उत्कृष्ट डिफेंडर को हो भनेर प्रस्न गर्दा येस्तो भने ईडन हजर्डले

रियल म्याड्रिडका नयाँ स्टार ईडन हजर्डले लिभरपूलका डिफेंडर भ्यान डाइकको प्रसंसा गरेका छन्। हजर्ड यो सिजन चेल्सी छोडेर रियल आएका थिए। एउटा अन्तर्वार्तामा प्रीमियर लीगको बारेमा बोल्दै गर्दा उनले आफ्नो पुर्व प्रतिद्वंद्वीको प्रसंसा गरेका हुन्।

उनलाई आफु कुन खेलाडी देखि डर लाग्छ भनेर प्रस्न गर्दा उनले भने ” मलाई कुनै खेलाडी देखि डर लागदैन तर साचै भन्न पर्दा प्रीमियर लीगमा धेरै उत्कृष्ट डिफेंडरहरु छन् र अहिलेको समयमा लिभरपूलका डिफेंडर भ्यान डाइक निकै नै उत्कृष्ट खेलाडी छन्”
“अहिले सम्म मैले सामना गरेको सबै भन्दा उत्कृष्ट डिफेंडर मध्ये एक भ्यान डाइक हुन् ”