बार्सिलोनाका स्पेनिस डिफेन्डर जेराड पिके स्पेनको प्रारम्भिक ५५ टोलिमा समावेश भएको छ ।
३५ वर्षीय डिफेन्डर पिकेले सन् २०१८ पछि स्पेनका लागि खेलेका छैनन् ।
त्यसयता हाल बार्सिलोनामा पाचौं रोजाइमा रहेको र क्लबमा कमै मात्रामा खेल्ने अवसर पाएका छन् । तर, स्पेनका प्रशिक्षक एनरिकले उनलाई आश्चर्यचकित रुपमा टोलीमा समावेश गरेको छ । यस निर्णयले स्पेनका समर्थकका साथै पिके आफै पनि आश्चर्यमा होलान् ।
पिकेले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको ४ वर्षभन्दा बढी समयपछि स्पेनको टोलीमा फर्कने संकेत दिएका थिए । उसले लुइस एनरिकको आखामा रहन र विश्वकपमा स्थान बनाउन पर्याप्त प्रयास गरिरहेको छ ।
पिकेले यो सिजन बार्सिलोनामा केवल ८ खेल मात्रै खेलेका छन् । उनी बार्सिलोनाको उप कप्तान रहेपनि टोलीमा स्थान बनाउन उनले एरिक गार्सियासँगै जुल्स कुन्डे, एन्ड्रियास क्रिस्टेन्सेन, रोनाल्ड एराउजो र मार्काेस अलन्सोसँग संघर्ष गरिरहेका छन् । सन् २००९ देखि २०१८ सम्ममा पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
प्रशिक्षक एनरिकेले अर्का भेट्रान डिफेन्डर सर्जियो रामोसलाई पनि टोलीमा समावेश गरेको छ । यो सिजन उच्च फर्ममा रहेका रामोसको पनि पूनरागमनको सम्भावना रहेको छ । रामोसले २०२१ को मार्चयता स्पेनका लागि खेलेका छैनन् ।
जेरार्ड र रामोस दुवैले अन्तिम सुचीमा स्थान बनाउन एमेरिक लापोर्टा, इनिगो मार्टिनेज, पाउ टोरेस, सिसर एज्पिलिक्वेटा र एरिक गार्सियाको चुनौती पन्छाउनु पर्ने हुन्छ । डिएगो लोरेन्ट, ह्युगो गुइलामोन, नाँचो फर्नान्डेस, डेभिड गार्सिया र यरे अल्भारेज पनि रामोस र पिकेलाई चुनौती हुन सक्छ ।