सन्यास अघि बार्सिलोना फर्कने ग्वार्डिओलाको ईच्छा

LONDON, ENGLAND - FEBRUARY 25: Pep Guardiola the head coach / manager of Manchester City during the Carabao Cup Final between Arsenal and Manchester City at Wembley Stadium on February 25, 2018 in London, England. (Photo by Catherine Ivill/Getty Images)

प्रशिक्षक पेप ग्वार्डिओलाले म्यान्चेष्टर सिटीका स्टार केभिन डि ब्रुइनालाई नबेच्ने बताएका छन् । उनले मिडफिल्डर ब्रुइनाको रिलिज क्लज २ सय ५० मिलियन युरो रहेको बताएका छन् ।

ब्रुईना म्यान्चेष्टर सिटीका स्टार खेलाडी हुन् । सिटीले कीर्तिमानी अंकमा प्रिमियर लिगको उपाधि जित्दा प्रशिक्षक ग्वार्डिओलाको नेतृत्वमा उनले प्रेरणादायी प्रर्दशन गरेका थिए ।

सिटी अहिले बेल्जियम अन्तराष्ट्रिय खेलाडीबिना छ । चोटका कारण ब्रुइना नोभेम्बरसम्म मैदान बाहिर रहनेछन् ।

ग्वार्डिओलाले ब्रुईना बाहिर जान कुनैपनि क्लबले विश्व कीर्तिमान मुल्य तिर्नुपर्ने बताएका हुन् । ब्रुईनले भर्खरैमात्र सिटीसंग ६ बर्षको सम्झोता नविकरण गरेका थिए ।

उनी निकै उत्कृष्ट छन्, उनी निकै बेजोड छन् ।’ एक टेलिभिजन अन्तरवार्तामा ग्वार्डिओलाले भनेका छन् ।

प्रशिक्षक ग्वार्डिओलाले बार्सिलोनाको टिम बीमा जाने इच्छा ब्यक्त गरेका छन्, जहाँ उनले आफ्नो करियरको सुरुवात गरेका थिए । प्रशिक्षक जिवनबाट सन्यास लिनु अघि बार्साको एकेडेमी जाने धोको रहेको उनले बताएका हुन् ।