सन्दीप लामिछाने सहित अन्य नेपाली खेलाडी पीएसएलमा बिक्न असफल

सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट लिगको आगामी सिजन गुमाउने भएका छन् ।
शुक्रबार जारी पीएसएलको ड्राफ्टमा लेग स्पिनर सन्दीपलाई कुनैपनि क्लबले लिएनन् ।

‘प्लाटिनम’ श्रेणीमा रहेका सन्दीप पहिलो पटक क्लब विहीन भएका हुन् ।

गत सिजन सन्दीपले लाहोर क्वालन्डर्सबाट खेलेका थिए ।

पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्ने छन् ।

गत सिजन सन्दीपले लाहोर क्वालन्डर्सबाट खेलेका थिए ।

सन्दीपसँगै अन्य नेपाली खेलाडी पनि बिकेनन् । ड्राफ्ट सन्दीपसँगै नेपाली ७ खेलाडी ड्राफ्टमा थिए ।