सन्दीप लामिछाने र वेस्ट इन्डिजका ब्याटम्यान क्रिस गेल

क्यारेवियन प्रिमियर लिग (सीपीएल) को लागि वेस्ट इन्डिजमा रहेको नेपाली गुगली वाई सन्दीप लामिछाने र वेस्ट इन्डिजका ओपनर तथा विश्फोटक ब्याटम्यान क्रिस गेल । सन्दीप र गेल सीपीएलमा सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेलि रहेका छन् । सन्दीपले अव भोली विहान अन्तिम खेल खेलेर भाद्र्र १२ गते एसिया कप छनौटको लागि त्यतैबाट मलेसिया जाने छन् ।

उनी सिपियलमा धेरै विकेट लीनेमा चौथो स्थान मा छन्। जारी चार खेलमा सन्दिपको सात विकेट लिइसकेका छन । यसअघि उनले एमाजोना विरुद्ध दुई, टी एण्ड टी राइटर्स विरुद्ध एक र तालावाज विरुद्ध दुई विकेट लिएका थिए । चार खेल खेलेका सन्दिप किफायती बलरमा दोस्रो नम्बर मा छन्। चार खेलमा सात विकेट लिएका सन्दिपको इकोनोमिक मात्र 4.85 छ।

यो टूर्नामेन्ट मा उनी बेस्ट बलिगं एभेरेजमा पहिलो स्थान मा छन्। चार खेलमा जम्मा १३ ओभरमा मात्र ९ को एभेरेजमा छन्।