सन्दीप लामिछाने नेपाल फर्कदै

नेपाल क्रीकेट टोलिका पुर्व कप्तान सन्दीप लामिछाने अक्टोबर ६ मा नेपाल आउने भएका छन् ।

सन्दीपले आफ्नो फेसबुकमा आफु असोज २० गते नेपाल आईपुग्ने बताएका छन् ।

सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाई लड्ने समेत बताएका छन् ।

उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताएका हुन् ।

सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

सन्दीपले आफ्नो फेस्बुकमा यस्तो लेखेका छन्:

तर, सन्दीप प्रहरीको सम्पर्कमा छैनन् । उनलाई प्रहरीले फरार सूचीमा राखेको छ ।

सन्दीपविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।