जमैका तलावाजले सिपिएलमा लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खाेलमा जमैकाले गुयना एमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।
4⃣ overs
8⃣ runs
2⃣ wicketsJamaica Tallawahs’ Sandeep Lamichhane was 👌 with the ball against Guyana Amazon Warriors. #CPL20 pic.twitter.com/2mHpb1mZ8u
— T20 World Cup (@T20WorldCup) August 23, 2020
पराजित भएको खेलमा नेपाली क्रीकेटर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सन्दीले चार ओभर बलिङ गर्दै ८ रन मात्र खर्चेर दुई विकेट लिँदै किफायती बलिङ गरे । तर आफू सम्मीलित टोली जमैकालाई भने हारबाट जोगाउन सकेनन् । सन्दीपले सेरफेन रुतरफोर्ड र वारियर्सका कप्तान क्रिस गिनलाई आउट गराएका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुयानाले निर्धारित १९.१ ओभरमा सात विकेट गुमाई ११८ रन जोडेको थियो । गुयानाका लागि ब्राडोन किङ्ग्सले २९ रन तथा चन्द्र पउल हेमराज र रोस टायलरको समान २१ रन जाेडे । त्यस्तै चन्द्रपौल हेमराज र रोज टेलरले समा १४/१४ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् ।
वारिर्सलाई सामान्य लक्ष्यमा रोक्न मुजिब उल रहमान र कार्लोस ब्रेथवेटले समान ३/३ विकेट लिएका थिए ।
११९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभर खेल्दै सात विकेट गुमाएर १०४ रन मात्र जोड्न सक्यो । जमैकाका लागि रसेलले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३७ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५३ रनको अविजित अर्धशतकिय पारी खेलेका थिए । त्यस्तै कप्तान पाओलले २३ र आसिफ अलिले १४ रन जोड्न बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन योग्य रहेन ।