सन्दीप र सोमपाल ग्लोबल टी-२० खेल्न सिंगापुरबाटै क्यानडा जाने

सन्दीप लामिछाने र सोमपाल कामी आइतबार राति नेपाल नफर्की सिंगापुरबाटै क्यानडा जाने भएका छन्। दुवै ग्लोबल टी-२० खेल्नका लागि क्यानडा जान लागेका हुन्।

सिंगापुरमा आयोजना भएको आइसिसी टी-२० विश्वकप एसिया छनोटमा भाग लिएपछि उतैबाटै क्यानडा जान लागेका हुन्।

सन्दीप लिगमा लगातार दोश्रो पटक आबद्ध हुँदा सोमपाल पहिलो पटक ग्लोबल टी-२० छनोट भएको हो। गत वर्ष मोन्टरियल टाइगर्सका लागि खेलेका सन्दीपलाई यसपटक टोरोन्टो नेसन्समा खेल्दै छन्। सोमपाललाई भने विनिपेग हक्सले आबद्ध गरेका छन्।

लिग तीन दिनअघि नै सुरु भइसकेकाले आइसिसी टी-२० विश्वकप एसिया छनोटका कारण दुवै खेलाडीले सुरुको खेल गुमाउँन् पर्यो।