सन्दीप यो सिजन ग्लोबल क्रिकेट लिग टोरन्टो नेसनल्सलबाट खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्व स्टार खेलाडी सन्दीप लामिछाने क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिग खेल्ने भएका छन् ।

बिहीबार भएको ड्राफ्टबाट लेग स्पीनर सन्दीपलाई लिगका क्लबले अनुबन्ध गरेका हुन् ।

सन्दीपलाई टिम टोरन्टो नेसनल्सले ६० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनलाई १० औँ राउन्डमा छनोट गरेको थियो ।

सन्दीपले यो लिग देस्रो पटक खेल्दै छ। उनले गत सिजन मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।

यस्तै गरी अर्का नेपाली खेलाडी सोमपाल कामी विनिपेग हक्सबाट खेल्ने भएका छन् । उनलाई ३ हजार अमेरिकी डलरमा हक्सले अनुबन्ध गरेको हो।

सोमपाल पहिलोपटक ग्लोबल टी–ट्वान्टीमा छनोट भएका हुन् । उनी ११ औँ चरणमा छनोट भएका हुन् । यो प्रतियोगिता आउँने जुलाईदेखि क्यानाडामा हुँदैछ।